आफैसँग होइन, अरुसँग लड्ने पार्टी बनाऔंः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफैंसँग लड्ने नभई अरुसँगै लड्नसक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताएका छन् ।
नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले गरेको शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा उहाँले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताए ।
“झगडा गर्ने पार्टी नबनाऔं” सभापति देउवाले भने, “पार्टीभित्र आफू आफैँमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने ?”
सभापति देउवाले अन्तिम सत्य जनता भएकाले पार्टी जनतामाझ जानुपर्ने बताए । कम्युनिष्टको दुई तिहाइ सरकार छ भनेर कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको देउवाको भनाइ थियो ।