इनरुवामा पनि नेकपाका उम्मेद्वार पराजित
उद्योग वाणिज्य संघ इनरुवाको शनिबार राति सम्पन्न भएको निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार पराजित भएका छन् ।
मतपरिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी भएका छन् । पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी भए ।
उपाध्यक्षमा समावेसी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्रकुमार साह, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला सदस्यमा रीतादेवी साह तथा जुनु रावली विजयी भएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद दाहालले बताए ।
दुई महिला सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको थियो । गत शनिबार सम्पन्न भएको मतगदानमा कूल एक हजार ३२५ मतदाता रहेको संघका एक हजार १८२ मत खसेको थियो ।