सुनको मूल्य घट्यो
लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको मूल्य आइतबार भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार प्रतितोला रु ६०० ले घटेको छ ।
तेजाबी सुन शुक्रबार प्रतितोला रु ७० हजार ५०० मा कारोबार भएकोमा आइतबार प्रतितोला रु ६९ हजार ९०० मा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ६०० ले घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो । चाँदी पनि शुक्रबारको तुलनामा रु १५ ले घटेर प्रतितोला रु ८४५ मा कारोबार भएको छ ।