शोक मनाउन उपमहानगर मातहतका कार्यालय बन्द
हेटौँडा उपमहानगरपालिकाले शोक मनाउन मातहतको कार्यालयलाई आइतबार बिदा दिएको छ ।
शनिबार कार्यपालिका सदस्यको निधन भएपछि शोक मनाउँदै हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाले बिदा दिने निर्णय गरेको हो ।
नगर सदस्य खुलाल गोलेको मृत्यु भएपछि उपमहानगरपालिकामा बिदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । प्रमुख महतले सबै जनप्रतिनिधि र कर्मचारी जम्मा भएर श्रद्धाञ्जलि सभा गर्ने पनि जानकारी दिए ।
क्यान्सर पीडित ३९ वर्षीया खुलालको शनिबार चितवनको भरतपुरस्थित मोर्डन अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नगरपालिका प्राङ्गणमा एक घण्टा राखिएको थियो ।