गेटाफेलाई हराउँदै बार्सिलोना चौंथो स्थानमा उक्लियो
स्पेनिस ला लिगामा गेटाफेलाई घरेलु मैदानमा हराउँदै बार्सिलोना चौंथो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाका लागि पहिलो हाफको ४१औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको चार मिनेट नबित्दै फेरि जुनियर फिर्पोले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रतामा पुर्याए ।
८२औं मिनेटमा बार्सिलोनाका डिफेन्डर क्लेमेन्टलाई रातो कार्ड दिइयो । यसपछि दश खेलाडीमा सीमित बार्सिलोना विरुद्ध गेटाफेले गोल गर्न सकेन ।
बार्सिलोनासँग समान सात खेलमा १५ अंक सहित ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा छ । बार्सिलोनाले भने ११ अंक जोडेको छ ।