पारस खड्काको कीर्तिमानी ब्याटिङमा नेपालको शानदार जित
सिंगापुर विरुद्ध कप्तान पारस खड्काले कीर्तिमानी ब्याटिङ गरेका छन् । कप्तान खड्काले ४९ बलमै ९ छक्का र चार चौका प्रहार गर्दै सतक पूरा गरे ।
९ विकेटले नेपालले जित निकाल्दा पारसले अविजित रहँदै ५२ बलमा १०६ रन बनाए । उनको यो नयाँ रेकर्ड हो । यसअघि खड्काले टी–२० मा सतक बनाएका थिएनन् ।
१५२ रनको लक्ष्य पछ्याएको नेपालका लागि यही सिरिजबाट डेब्यू गरेका इशान पाण्डेले ६ रन र आरिफ सेखले अविजित ३८ बलमा ३९ रन बनाए । उनले पाँच चौका प्रहार गरेको थिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले तीन विकेटको क्षतिमा १५१ रन बनाएको थियो । नेपालका लागि करण केसीले दुई र सुशन भारीले एक विकेट लिएका थिए । सोमपाल कामी र सन्दीप लामिछानेजस्ता अनुभवी बलर भने विकेट विहीन बनेका थिए ।