कप्तान खड्काको बिस्फोटक ब्याटिङ
सिंगापुर विरुद्ध कप्तान पारस खड्काले बिस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाएका छन् ।
१५२ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान खड्काले ३० बलमै अर्धशतक पूरा गरे । खड्काले अर्धशतक बनाउन चार छक्का र चार चौका प्रहार गरेका थिए ।
ओपनिङमा आएका कप्तान खड्का अहिले ४१ बलमै ८१ रन बनाइसकेका छन् । टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले तीन विकेटको क्षतिमा १५१ रन बनाएको थियो ।