नेपाललाई सिंगापुरले दियो १५२ रनको चुनौती
त्रिकोणात्मक सिरिजमा नेपाल विरुद्ध सिंगापुरले १५२ रनको चुनौती दिएको छ ।
सिंगापुुरले तीन विकेटको क्षतिमा रन १५१ बनायो । सिंगापुरका लागि कप्तान टिमोथी डेभिडले अर्धशतकीय पारी खेले । उनले ४४ बलमा चार छक्का र तीन चाैका सहित ६४ रन जोडेका थिए ।
ओपनर रंगराजनले ६, मानप्रित सिंहले १५ र चन्द्रमोहनले ३५ रन जोडे । कप्तान डेभिडसँग ४९ रनको साझेदारी गर्दै जनकप्रकाशले २५ रन जोडे ।
नेपालका लागि करण केसीले २ र सुशन भारीले एक विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामीजस्ता भरपर्दा बलर नै विकेट विहीन भएका थिए । टस जितेर सिंगापुरले ब्याटिङ रोजेपछि नेपालले बलिङकाे निम्ताे पाएकाे थियो ।
यसअघि जिम्बाबेसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।