सिंगापुर विरुद्ध नेपाल बलिङ गर्दै (लाइभ)
त्रिकोणात्मक सिरिजमा नेपाल विरुद्ध सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ ।
आयोजक सिंगापुरको सिरिजमा पहिलो खेल हो । नेपालले भने जिम्बाबेसँग खेलिसकेको छ ।
विश्वकप छनोट तयारीका लागि सिंगापुरले सिरिजको आयोजना गरेको हो । नेपाल भने सिंगापुरसँगै पराजित हुँदै छनोटबाट बाहिरिएको थियो ।
सिरिजको पहिलो दिन नेपाल जिम्बाबेसँग पाँच विकेटले पराजित भएको थियो । युवा क्रिकेटरसहित मैदानमा उत्रिएको नेपालले औसत लक्ष्य प्रस्तुत गरेको थियो । जिम्बाबेले सहजै जित हात पारेको थियो ।