बहुविवाह मुद्दामा दम्पती जेल चलान
महोत्तरी जिल्लामा बहुविवाह मुद्दामा एक पतिपत्नी जेल चलान भएका छन् ।
जेल चलान हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–६ बस्ने पति राधारमण झा र उनकी कान्छी पत्नी पूजा प्रतिहस्त छन् ।
राधारमण झाको पहिलो पत्नी अञ्जु झा हुँदाहुँदै कान्छी पत्नी पूजालाई भित्र्याएपछि पहिलो पत्नी अञ्जु झाले पति र कान्छी पत्नीविरुद्ध जिल्ला अदालतमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् ।
महोत्तरी जिल्ला अदालतले सोही बहुविवाह मुद्दाअन्तर्गत २०७५ मा गरेको फैसला अनुसार निज राधारमण र उनकी कान्छी पत्नी पूजासहित दुवैलाई जनही एक वर्ष कैद र रु १० हजार जरिवाना गरेको थियो ।
उच्च अदालत जनकपुरको १५ साउन २०७६ को फैसला सदर भएपछि दम्पत्तिलाई जनही एक वर्ष कैद र १० हजार जरिवाना गरिएको हो।
जिल्ला र उच्च दुवै अदालतको आदेशपश्चात शुक्रबार पतिपत्नी दुवै जना आफैँ निवेदन साथ उपस्थित भई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएका छन् ।