क्यान नेतृत्वका लागि पूर्व अध्यक्षहरू नै प्रतिष्पर्धामा
नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि लागि निर्वाचन हुँदैछ ।
अध्यक्ष पदको प्रतिष्पर्धामा पूर्व अध्यक्षहरु विनयराज पाण्डे र चतुरबहादुर चन्द छन् । पाण्डे र चन्दले पदाधिकारीमा प्यानल नै तयार पारेका छन् ।
पाण्डेको प्यानलबाट उपाध्यक्षमा मिग्मा दुन्डु शेर्पा, सचिवमा विनोद मैनाली र कोषाध्यक्षमा उपेन्द्र भट्टराई छन् भने चन्द प्यालनबाट उपाध्यक्षमा राजबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशनकुमार सिंह छन् ।
१७ सदस्यीय कार्य समितिमा महिला सदस्यमा भने जानकी भट्ट निर्विरोध भइसकेकी छन् । प्रदेश दुईबाट मोहम्मद अन्सारी, गण्डकीबाट ऋषिराम गौतम, प्रदेश पाँचबाट प्रशान्त विक्रम मल्ल, कर्णालीबाट पदमबहादुर खड्का र सूदुरपश्चिमबाट बिक्रम बिष्ट निर्विरोध सदस्य भएका छन् ।
अन्य प्रदेश सदस्यका लागि भने निर्वाचन हुँदैछ । प्रदेश एकबाट कैलाश बिष्ट र लाक्पा लामाको उम्मेद्वारी परेको छ भने प्रदेश नम्बर तीनबाट अमितवीर पाण्डे र कैलाश प्रधानमन्त्रीको उम्मेद्वारी परेको छ ।
पाँच खुला सदस्यका लागि एघार जनाको उम्मेद्वारी परेको छ । खुला सदस्यतर्फबाट अर्जुन पौडेल, विरेन्द्रबहादुर चन्द, धिरेन्द्र साउँद, दुर्गाराज पाठक, जगतबहादुर टमाटा, करन महोत्रा क्षेत्री, माधवकुमार कर्माचार्य, नरेश राणा, पवन अग्रवाल, प्रफुल्ल बैद्य र सन्जयराज सिंह प्रतिष्पर्धामा उत्रिएका छन् । सदस्यमा भने प्यानल बनेको छैन ।