पाेखरामा २७ असोजमा अन्तिम मतदाता नामावली सार्वजनिक गरिने
कास्की क्षेत्र नं २ को मतदाता नामावली २७ असोजमा सार्वजनिक हुने भएको छ ।
संसदीय क्षेत्रअन्तर्गत विभिन्न वडामा १–७ असोजसम्म मतदाता सूचीको अद्यावधिक तथा दाबी विरोधको अवधि सकिएपछि २७ असोजमा अन्तिम मतदाता सूची सार्वजनिक गरिने भएको छ ।
उक्त क्षेत्रमा १४ मंसीरमा उपनिर्वाचन हुनेछ । दाबी विरोधलगायतको उजुरीमाथि छानबिन गरेर मतदाता सूची सार्वजनिक गरिनेछ । यस क्षेत्रमा करीब ७२ हजार मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
पोखराका विभिन्न ११ वटा वडामा खटिएको टोलीले मतदाताको नाम सच्याउने, दाबी विरोध गर्ने, दोहोरो नाम परेमा हटाउनेलगायतका कार्य सम्पन्न गरेको छ ।