राउटेले उपप्रधानमन्त्री पोखरेलसँग दशैंलाई खसी मागे
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई राउटे समुदायको टोलीले भेटेको छ ।
भक्तपुर दरबार स्क्वायर लगायतका स्थानमा आफूहरुले उत्पादन गरेको हस्तकलाको सामग्री प्रदर्शनी एवं बिक्री गर्न प्रकाश शाहीको नेतृत्वमा भक्तपुरमा आएका राउटे समुदायका सहभागीले उपप्रधान तथा रक्षामन्त्री पोखरेललाई भेटेका हुन् ।
भेटमा राउटेको टोलीले दशैं मनाउन खसी मागेका थिए । प्रकाशसँगै, शिवराज, दीपक र कलम शाहीसहितको राउटेको दैलेखमा ४६ घर भएकाले उनीहरुले एउटा घरलाई एउटा खसीको माग गरेका थिए ।
भेटमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले राउटेले बनाएको काठको सन्दुक रु तीन हजार ५०० मा खरीद गरे । चारै जनालाई उपप्रधानमन्त्री पोखरेलले उपहारस्वरुप एक÷एक थान कपडा समेत प्रदान गरे ।