मोदीले संयुक्त राष्ट्र महासभामा भने– “भारतले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्दै भने, “हामी त्यो देशका वासी हौं, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएका छौं । पूरै संसारलाई शान्तिको सन्देश दिएका छौं ।”

महासभामा १७ मिनेट बोलेका मोदीले पाकिस्तानको नाम नलिई पाकिस्तानमाथि हमला गर्न छोडेनन् । मोदीले चरमपन्थलाई विश्वकै लागि खतरा बताउँदै भने, “हाम्रो आवाजमा आतंकका विरुद्ध सचेत बनाउने गम्भीरता पनि छ, आक्रोश पनि ।
आतंकवाद कुनै एक देशको मात्र नभएर सम्पूर्ण विश्व र मानवताकै लागि चुनौती रहेको बताउँदै मोदीले आतंकवादका विरुद्ध एकजुट हुनुपर्ने बताए ।
मोदीले आयुष्मान भारत, स्वच्छता अभियान, जनधन योजनाबारे चर्चा गर्दै मोदीले १५ करोड घरमा पिउने पानी पु¥याउने बताउँदै गरीबहरूका लागि २ करोड नयाँ घर बनाउने महासभामा बताए । –एजेन्सी