जिम्बाबेसँग नेपाल पाँच विकेटले पराजित
टेष्ट राष्ट्र जिम्बाबेसँग नेपाल पाँच विकेटले पराजित भएको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले जिम्बाबेलाई १३३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा जिम्बाबेले एघार बल बाँकी रहँदै लक्ष्य भेटायो ।
जिम्बाबेको शुरुवाती तीन ब्याट्सम्यानलाई सन्दीप लामिछानेले आउट गरेपनि हार टार्न सकेनन् ।
पहिलो ओभरबाटै आक्रामक देखिएका जिम्बाबेलाई सन्दीपले दबावतिर धकेलिदिए । पहिलो ओभरमै सोमपाल कामीले १३ रन दिएका थिए । तर, दोस्रो ओभरमा आएका सन्दीपले जिम्बाबेको विकेट लिए । फेरि चौथौं ओभरमा आएका सन्दीपले पहिलो र पाँचौं बलमा विकेट लिए । सन्दीपले चार ओभर बलिङ गर्दै १५ रन मात्रै दिए ।
सन्दीपले तीन विकेट लिएपछि दबावमा परेको जिम्बाबेका अर्का ब्याट्सम्यान पनि कुशल मल्लको बलिङ रन आउट भए । अर्का ब्याट्सम्यानलाई कप्तान पारस खड्काले बोल्ड गरे । यसपछि भने जिम्बाबेको पाटनरसीप गजबले टिकेपपछि नेपाल पराजित हुन पुग्यो ।
आक्रामक ब्याटिङ गरेका सोमपाल कामी र अर्का भरपर्दा बलर करण केसी चल्न सकेनन् भने युवा बलर अभिनास बोहोराले पनि राम्रो बलिङ गर्न सकेनन् ।
नेपालका लागि उपकप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन जोडेका थिए । डेब्यू खेलमा इशान पाण्डे र कुशल मल्लले दोहोरो अंक जोड्न सकेनन् । ओपनरका रुपमा आएका इशानले ८ बलमा ४ रन मात्रै जोडे भने कुशल मल्लले ६ बल सामना गर्दै २ रन जोडे । कप्तान पारस खड्का १७ रनमा आउट भए ।
आरिफ शेख ८ र सन्दीप जोराले १७ रन जोडे । विनोद भण्डारी ११ र सोमपाल कामी २५ रनमा अविजित रहे ।