सन्दीप लामिछानेकाे उत्कृष्ट बलिङ, जिम्बाबे दबावमा
१३३ रनको लक्ष्य पछयाएको जिम्बाबेविरुद्ध सन्दीप लामिछाने उत्कृष्ट बलिङ गरिरहेका छन् ।
पहिलो ओभरबाटै आक्रामक देखिएका जिम्बाबेलाई सन्दीपले दबावतिर धकेलिदिएका थिए । पहिलो ओभरमै सोमपाल कामीले १३ रन दिएका थिए । तर, दोस्रो ओभरमा आएका सन्दीपले जिम्बाबेको विकेट लिए । फेरि चौथौं ओभरमा आएका सन्दीपले पहिलो र पाँचौं बलमा विकेट लिए ।
सन्दीपले तीन विकेट लिएपछि दबावमा परेको जिम्बाबेका अर्का ब्याट्सम्यान पनि कुशल मल्लको बलिङ रन आउट भए ।
टस जितेर ब्याटिङ रोजेको नेपालका लागि उपकप्तान दिपेन्द्रसिंह ऐरीले ४० रन जोडेका थिए । डेब्यू खेलमा इशान पाण्डे र कुशल मल्लले दोहोरो अंक जोड्न सकेनन् । ओपनरका रुपमा आएका इशानले ८ बलमा ४ रन मात्रै जोडे भने कुशल मल्लले ६ बल सामना गर्दै २ रन जोडे । कप्तान पारस खड्का १७ रनमा आउट भए ।
आरिफ शेख ८ र सन्दीप जोराले १७ रन जोडे । विनोद भण्डारी ११ र सोमपाल कामी २५ रनमा अविजित रहे । अहिले जिम्बाबे जवाफी ब्याटिङ गरिरहेको छ ।