जिम्बाबे १३३ रनको लक्ष्य पछ्याउँदै, बलिङ गर्दै नेपाल (लाइभ)
नेपालले जिम्बाबेलाई १३३ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालका लागि उपकप्तान दिपेन्द्रसिंह ऐरीले ४० रन जोडे ।
डेब्यू खेलमा इशान पाण्डे र कुशल मल्लले दोहोरो अंक जोड्न सकेनन् । ओपनरका रुपमा आएका इशानले ८ बलमा ४ रन मात्रै जोडे भने कुशल मल्लले ६ बल सामना गर्दै २ रन जोडे । कप्तान पारस खड्का १७ रनमा आउट भए ।
आरिफ शेख ८ र सन्दीप जोराले १७ रन जोडे । विनोद भण्डारी ११ र सोमपाल कामी २५ रनमा अविजित रहे । अहिले जिम्बाबे जवाफी ब्याटिङ गरिरहेको छ ।
पहिलो ओभरमै १३ रन जोडेको जिम्बाबेलाई सन्दीप लामिछानेले दबावमा पारेका छन् । चार ओभर सकिदा सन्दीपले व्यक्तिगत दोस्रो ओभरमै ७ रन दिएर तीन विकेट लिइसकेका छन् ।