घटस्थापनाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारले बडादशैंको पहिलो दिन (घटस्थापना) यही १२ असोजमा सार्वजनिक बिदा दिने भएको छ ।
९ असोजकाे मन्त्रिपरिषद् बैठककाे निर्णय शुक्रबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएकाे हाे ।
सो दिन प्रदेशस्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए।