कुखुरा जस्तै देखिए पनि नेकपा चील होः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कुखुरा जस्तै देखिए पनि नेकपा चील भएको बताएका छन् ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले भने, “हेर्दा कुखुरा र चील उस्तै देखिए पनि चील उड्छ, कुखुरा हिड्छ ।”
पार्टीलाई गति दिन चाँडै केन्द्रीय कमिटीको बैठक बोलाउने समेत दाहालले बताए । गत वर्ष ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्र बीच एकीकरण भएपछि एक पटक पनि केन्द्रीय कमिटीको बैठक बसेको छैन् ।
अध्यक्ष दाहालले केन्द्रीय कमिटीको बैठक चाँडै बस्ने र नेकपाले गाउँगाउँ पुग्ने कार्यक्रम ल्याउने बताए । “अबको एक वर्षभित्रै नेकपा देशको एक मात्र पार्टी बन्छ”, दाहालले भने ।