जिम्बाबे विरुद्ध टस जितेर नेपाल ब्याटिङमा, इशान र कुशलको डेब्यू
त्रिकोणात्मक सिरिजका लागि सिंगापुर पुगेको नेपालले जिम्बाबे विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।
पहिलो पटक नेपाली टीममा परेको इशान पाण्डे र कुशल मल्ल दुवैले जिम्बाबे विरुद्धको खेलमै डेब्यूको अवसर पाएका छन् । कप्तान पारस खड्कासँग ओपनिङमा आएका इशानले खासै राम्रो प्रर्दशन भने गर्न सकेनन् ।
इशानले ८ बलको सामना गर्दै चार रन जोड्दै क्याच आउट भए । अहिले आरिफ शेख क्रिजमा आएका छन् ।
नेपालको प्लेइङ इलेभेनमा कप्तान खड्का, इशान पाण्डे, आरिफ शेख, बिनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अभिनाश बोहोरा, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी छन् ।