यू–१८ साफको उपाधिका लागि भारत र बांग्लादेश भिड्ने
काठमाडौंको हलचोकमा जारी यू–१८ साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र बांग्लादेश भिड्ने भएका छन् ।
शुक्रबार सकिएको सेमिफाइनमा जित निकाल्दै भारत र बांग्लादेशले उपाधिका लागि भेट पक्का गरेका छन् । समूह ‘बी’का विजेता भारतले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ । समूह ‘ए’बाट उपविजेता बन्दै माल्दिभ्स सेमिफाइनल प्रवेश गरेको थियो ।
बांग्लादेशले भने भुटानलाई पनि ४–० गोल अन्तरले जित निकाल्यो । समूह ‘ए’का विजेता भुटान विरुद्ध समूह ‘बी’का उपविजेता बांग्लादेशले खेल अवधिभर नै दबावमा राखेको थियो ।
तेस्रो स्थानका लागि भुटान र माल्दिभ्स शनिबार विहान ११ बजे भिड्नेछन् भने उपाधिका लागि बांग्लादेश र भारत बीचको खेल दिउँसो तीन बजे हुनेछ ।