ओसासुनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा
स्पेनिस ला लिगामा ओसासुनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।
खेलको ३६औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–० ले पछाडि परेको ओसासुनाले दोस्रो हाफमा पनि गोल फर्काउन सकेन ।
दोस्रो हाफको ७२औं मिनेटमा सिल्भाले गोल गर्दै रियलले जित निश्चित ग¥यो । बाँकी समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि ओसासुना २–० पराजित भयो ।
लगातार तेस्रो जित निकालेको रियलले ६ खेलबाट १४ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले समान खेलबाट १३ अंक जोडेको छ ।