नेपालका चार युवा क्रिकेटरलाई भारतमा प्रशिक्षण
यू–१९ का चार युवा क्रिकेटरले भारतमा प्रशिक्षण लिन पाउने भएका छन् ।
एभरेष्ट प्रिमियर लिगका टीम प्रशिक्षक विनोद दासको पहलमा चार युवा क्रिकेटरले बंग्लोरस्थित नीजि प्रशिक्षण एकेडेमीमा प्रशिक्षणको मिलाइएको हो । नेपालका रीत गौतम, रासिद खान, आकाश र खड्क बोहोरा प्रशिक्षणका लागि जाने भएका छन् ।
उनीहरुलाई भारतीय क्रिकेट बोर्ड र केही विदेशी प्रशिक्षकले प्रशिक्षण दिनेछन् । जुनियर टीममा रहेका युवा क्रिकेटरले त्यहाँ प्रशिक्षण लिन साढे लाख बढी खर्च हुनेछन् । तर, खर्चको प्रायोजन भइसकेको छ ।
यू–१९ का ओपनर गौतमले मलेसियामा एसिया कप छनोट खेलमै सतक प्रहार गरेका थिए भने एसिया कपमा पनि अर्धशतकीय पारी खेलेका थिए ।