सांग्रिलाका ब्यांकका ग्राहकलाई क्यान्सर अस्पतालमा छुट
सांग्रिला डेभलपमेन्ट ब्यांकका कर्मचारी र ग्राहकहरुलाई नेपाल क्यान्सर अस्पतालमा उपचार गराउन छुट दिने सहमति भएको छ ।
सहमतिअनुसार, ब्यांकका कर्मचारी परिवार र ग्राहकहरुले क्यान्सर अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउनेछन् ।
ब्यांकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सांग्रिलाको देशभर ८७ वटा शाखा कार्यालय छन् ।