कप्तान पारसको विश्व बरियता यथावत
आईसीसीले सार्वजनिक गरेको टी–२० विश्व बरियतामा नेपालका कप्तान पारस खड्का यथावत रहेका छन् ।
नयाँ नतिजामा पनि कप्तान खड्का २७औं स्थानमै कायम छन् । खड्काले ९० रेटिङ अंक पाएका छन् ।
कप्तान खड्काले दुई महीना अगाडि सार्वजनिक बरियतामै विश्व स्टार क्रिकेटर क्रिस गेल, आन्द्रे रसेल, सुरेश रैना, हार्दिक पाण्डाय लगायतलाई पछाडि पारेका छन् । पारससँगै सोमपाल कामी र बसन्त रेग्मी बरियतामा छन् ।
बलिङमा नेपाली टोलीका सदस्य रेग्मी ४११ रेटिङ पाउँदै ७३ औँ स्थानमा पुगेका छन् भने कामी ३९१ रेटिङ पाउँदै ७८ औँ स्थानमा झरेका छन् ।
त्यस्तै अलराउण्डरतर्फ सोमपाल ६७ औँ स्थानमा यथावत् रहेका छन् । उनले ४९ रेटिङ अङ्क पाएका छन् । आईसीसीको टोलीमा टी ट्वान्टी वरियतामा नेपाल ११ औँ स्थानमा यथावत् रहेको छ भने एक दिवसीय वारियतामा नेपाल १७ औँ स्थानमा रहेको छ ।