शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु
पाल्पामा सुत्केरीको शल्यक्रियाका क्रममा मृत्यु भएको छ ।
रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशीको शल्यक्रियाका क्रममा मृत्यु भएको हो । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई/तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए ।
गएराति ११ बजेतिर उनको मृत्य भएको हो । तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी ७ असोजमा अस्पतालमा भर्ना भएकी थिइन् । नर्मल रूपमा सुत्केरी अवस्थामा रहेकी सूर्यवंशीको पेटको बच्चा मृतावस्थामा रहेको थियो ।
मृत बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले शल्यक्रिया गरेको थियो ।