थप समाचारबुधबार, ८ आश्विन , २०७६

धनगढीकी खगित्राले जन्माइन् चम्ल्याहा, तीन छोरा र एक छोरी

रासस

धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु)लाई जन्मदिएकी छिन् । सत्ताइस वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडाैं मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरीलाई जन्म दिएकी उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीले बताइन् ।

आठ महिनाको गर्भलाई चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो । हाल ती शिशुको अवस्था सामान्य रहेको छ ।

ती नवजात तीन शिशुको तौल क्रमश १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ ।

चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । खगित्राको सामान्य अवस्थामा गर्भ रही चम्ल्याहा जन्मिएका प्रा डा कार्कीले बताए ।

ती शिशुलाई केही साता विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस