जलवायु परिवर्तनले पृथ्वी गम्भीर संकटमा
यो शताब्दीको अन्तसम्ममा दश करोडबढी मानिस आफ्नो विस्थापित हुनसक्ने तथ्य बाहिर आएको छ ।
विश्वभरका एक सयभन्दा धेरै वैज्ञानिकहरूले गरेको अनुसन्धानले जलवायु परिवर्तनका कारण तीव्र गतिले समुद्रको सतह बढिरहेकाले यस्तो आकलन गरिएको बीबीसीले जनाएको छ ।
अहिलेको जलवायु परिवर्तन दुई हजार वर्षकै इतिहासमा तीव्र भइरहेकाले हिमालयका अधिकांश हिमनदी पग्लिने खतरा बढेको छ । ग्रिनल्यान्ड तथा अन्टार्टिकाका बरफ अभूतपूर्व गतिले पग्लिरहेकोमा वैज्ञानिकहरूले चिन्ता जनाएका छन् ।
संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको अनुसन्धान प्रतिवेदनले जलवायु परिवर्तनको यो क्रम नरोकिए प्राकृतिक विपत्ति अझै बढ्ने देखाएको हो ।
वैज्ञानिकहरूले विश्वका राजनीतिज्ञहरूलाई जलवायु परिवर्तनको खराब असरबाट जोगाउन कार्बन उत्सर्जनको परिमाण घटाउन आग्रह समेत गरेका छन् ।
वैज्ञानिकहरूले यसअघि यो शताब्दीको अन्त्यसम्ममा औसत तापमान डेढ डिग्री सेल्सियसले बढ्न सक्ने र पृथ्वी त्योसँग कसरी जुझ्न सक्ला भन्नेबारे अध्ययन गरेको बताइएको छ।