कृषि ब्यांकबाट तीन करोड लुट्ने दश जना सार्वजनिक गरिदै
सिस्टम ह्याक गरी कृषि विकास ब्यांकबाट तीन करोड लुट्ने दश जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका दश जनालाई प्रहरीले बुधबार दिउँसो २ बजे सार्वजनिक गर्ने जनाएको छ ।
प्रहरीले विभिन्न स्थानबाट सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, लेमान तामाङलगायतलाई पक्राउ गरेको छ । उनीहरुले कसरी रकम निकाले भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।