बेलायतको सर्वोच्च अदालतद्वारा प्रधानमन्त्री जोनसनको कदम अवैध घोषणा
बेलायतको सर्वोच्च अदालतले बेलायती प्रधानमन्त्री बोरिस जोनसनको पाँच हप्ताका लागि संसद निलम्बित गर्ने निर्णयलाई गैरकानूनी बताएको छ ।
प्रधानमन्त्री जोनसनले यसै महीना संसदलाई पाँच हप्ताका लागि निलम्बित गरिदिएका थिए । उनले बेलायती महारानीको भाषणद्वारा आफ्ना नीति राख्न चाहन्थे ।
तर, बेलायतको सर्वोच्च अदालतले संसदलाई उसको कामकारबाही गर्न रोक्ने निर्णय गलत बतायो ।
सुप्रिम कोर्टकी प्रेसिडेन्ट लेडी हालेले भनिन्, “यो कदमले हाम्रो लोकतन्त्रप्रति असर गरेको छ”, उनले भनिन्, “११ जना न्यायाधीशले एकमतले फैसला गरेका छन् कि अब संसद निलम्बित छैन । त्यो निर्णय अब रहने छैन । लेडी हालेले भनिन्, “अब हाउस अफ कमन्स तथा लर्डस्का सभामुखले अर्को निर्णय गर्नेछन् ।”–एजेन्सी