हजारको नोटमा अब नेपालकै जोर हात्ती
नेपाली मुद्राको सवै भन्दा ठूलो नोट रु. एक हजारमा अब नेपाली हात्तीकै फोटो राखिने भएको छ । हाल प्रचलनमा रहेको रु.एक हजारको नोटमा एउटा हात्तीको फोटो छ ।
तर, अब छापिने नोटमा जोर हात्ती हुनेछ । अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको रु. एक हजारको नोटमा चितवन राष्ट्रिय निकुन्जमा रहेका रामलक्ष्मण हात्तीको फोटो राखिनेछ ।
रामलक्ष्मण आठ वर्षका छन् । हाल प्रचलनमा रहेको हात्ती विदेशी भएको भनी आलोचना भएपछि सरकारले नेपाली हात्तीकै तस्वीर राखेर नोट बजारमा ल्याउने तयारी गरेको हो ।
अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको जोर हात्ती सहितको नोट चिनियाँ कम्पनीले छाप्ने भएको छ । राष्ट्र ब्यांकका अनुसार, आगामी दशैंभित्रै जोर हात्ती सहितको नोट बजारमा आइसक्नेछ ।