घरेलु मैदानमा डिफेन्डिङ च्याम्पियन नेपाल भुटानसँग पराजित
यू–१८ फुटबल साफ च्याम्पियनसीपमा डिफेन्डिङ च्याम्पियन नेपाल भुटानसँग पराजित भएको छ ।
पहिलो हाफमै पछाडि परेको नेपाल ३–० गोल अन्तरले पराजित भयो । एकपछि अर्को राम्रो अवसर गुमाएको नेपालले खेलको ४०औं मिनेटमा गोल खानु परेको थियो ।
दोस्रो हाफमा भने भुटानले दुई गोल थप गर्यो । पराजयसँगै नेपाल सेमिफाइन पुग्ने संभावना लगभग सकिएको छ ।
यसअगाडि माल्दिभ्स विरुद्धको खेलमा नेपाल एक–एक गोलको बराबरीमा रोकिदै अंक बाड्न पुगेको थियो ।