बुढासुब्बा गोल्डकप मंसीरमा हुने
मोफसलको चर्चित फुटबल प्रतियोगिता ‘२२औं बुढासुब्बा गोल्डकप’ आगामी मंसीरमा हुने भएको छ ।
धरान फुटबल क्लबले विज्ञप्ती जारी गर्दै प्रतियोगिता १९-२८ मंसीरमा हुने जानकारी दिएको छ । एन्फाले प्रस्ताव गरेको मिति मध्ये धरान फुटबल क्लबको कार्यसमिति बैठकले यो मिति छनाेट गरेको जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि उपसमितिहरु समेत गठन गरेको छ । नरेन्द्र चोङबाङको संयोजकत्वमा ११ सदस्यीय आर्थिक उपसमिति गठन गरेको छ ।
सुदिप उप्रेतीको संयोजकत्वमा दुई सदस्यीय मैदान मर्मत उपसमिति, सतिस केसीको संयोजकत्वमा तीन सदस्यी टिम तथा होटल व्यवस्थापन उपसमिति, प्रताप तामाङको संयोजकत्वमा दुई सदस्यीय प्रचार प्रसार उपसमिति गठन भएको विज्ञप्तीमा उल्लेख छ ।
बुढासुब्बा गोल्डकप २२औं संस्करणको लागि पुरस्कार राशी पहिलोलाई आठ लाख र दोस्रोलाई चार लाख रहेकोमा यसपटक बृद्धि भएर दश लाख र पाँच लाख हुने धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिएका छन् ।