२५ वर्ष यताकै बार्सिलोनाको खराब प्रदर्शन, ग्रानाडासँग २–० ले पराजित
स्पेनिस ला लिगामा चर्चित क्लब बार्सिलोनाले २५ वर्ष यताकै खराब प्रदर्शन गरेको छ ।
ग्राडानाको घरेलु मैदानमा बार्सिलोना २–० गोल अन्तरले पराजित हुन पुग्यो । लियोनल मेसीलाई प्लेइङ इलेभेनमा नराखिएको खेलको शुरु भएको दोस्रो मिनेटमै ग्रानडाले अग्रता लिएको थियो ।
ग्रानाडाका लागि रामोन अजिजले खेल शुरु भएको दोस्रो मिनेटमै बार्सिलोना विरुद्ध गोल गरेका थिए । पहिलो हाफमै १–० गोल अन्तरले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा पनि गोल गर्न सकेन ।
दोस्रो हाफको ६६औं मिनेटमा अल्भारो भाडिल्लोले गोल गर्दै २–० ले ग्रानाडालाई जित दिलाए । लगातार राम्रो प्रदर्शन गर्न नसकिरहेको बार्सिलोना ५ खेलबाट सात अंक जोड्दै सातौं स्थानमै छ ।