प्रिमियर लिगः म्यानचेष्टर सिटीको शानदार जित
इंग्लिस प्रिमियर लिगमा वाटफोर्ड विरुद्ध म्यान चेष्टर सिटीले शानदार जित निकालेको छ ।
शनिबार साँझ सकिएको खेलमा वाटफोर्ड सिटीसँग ८–० को फराकिलो गोल अन्तर सहित लज्जास्पद रुपमा पराजित भयो । सिटीका तर्फबाट बर्नानार्डो सिल्भाले ह्याट्रिक समेत गरे ।
उनले खेलको १५औं, ४८औं र ६०औं मिनेटमा गोल गरेका थिए । सिटीका लागि खेलको पहिलो मिनेटमै डेभिट सिल्भाले गोल गरेका थिए ।
सातौं मिनेटमा सर्जियो एग्यूरो, १२औं मिनेटमा रियाद, १८औं मिनेटमा निकोलस र ८५औं मिनेटमा केभिन डी बुर्नोले गोल गरेका थिए ।
जितसँगै सिटीले ६ खेलबाट १३ अंकसहित दोस्रो स्थान निश्चित गरेको छ ।
लिभरपुल भने १५ अंक सहित शीर्ष स्थानमै कायम रहेको छ ।