समाचारशनिबार, ४ आश्विन , २०७६

सभामुख महरा कजाखस्तान प्रस्थान

हिमालखबर

सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन कजाखस्तान प्रस्थान गरेका छन् ।

६ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सभामुख महरा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

२२–२५ सेप्टेम्बरमा कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सांसद मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन छन् ।

कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत वरुण चौधरी र प्रतिनिधिसभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन् ।

प्रतिकृया दिनुहोस