राष्ट्रिय भलिबलको उपाधि पुलिसलाई
प्रकाश दाहाल स्मृति कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ ।
फाइनलमा चिरप्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । चार दिन अगाडि नै हुनुपर्ने प्रतियोगिता बर्षाका कारण शनिबार सारिएको थियो ।
नेपालमा पुलिसले आर्मीलाई २५–२२, २५–२२ र २५–२२ को सोझो सेटमा पराजित गरेको थियो । उपाधिबाट बञ्चित आर्मीका लागि मुख्य खेलाडी मानबहादुर श्रेष्ठको अभाव खड्किएको थियो ।