बार्बाडोसको जितमा सन्दीप लामिछानेको एक विकेट
क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछाने आवद्ध टीम बार्बाडोस् ट्रिडेन्टस् ७१ रनले जित विजयी भएको छ ।
१७३ रनको लक्ष्य पछ्याएको सेन्ट लुसिया १०१ रनमै अलआउट भएको थियो । आक्रमक खेलिरहेको जीसी भिल्जोइनलाई सन्दीपले बोल्ड गरेपछि सेन्ट लुसिया १४.५ ओभरमै अलआउट हुन पुग्यो ।
सन्दीपले व्यक्तिगत दाेस्राे ओभेरमा पनि रन आउट गराएका थिए । ३.५ ओभर बलिङ गर्दै सन्दीपले २९ रन खर्चिए ।
सन्दीप लामिछानेले चार खेलबाट पाँच विकेट लिइसकेका छन् ।