समाचारशुक्रबार, ३ आश्विन , २०७६

चिनियाँ राष्ट्रपति २७ असोजमा नेपाल आउने !

हिमालखबर

चिनियाँ राष्ट्रपति सी चिनफिङ २७ असोजमा नेपाल भ्रमणमा आउने भएका छन् । 

राष्ट्रपति सी भारत–चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जाने बताइएको छ । उनी भारत हुँदै नेपाल आउने बताइएकाे छ । 

भारतीय प्रधानमन्त्री मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउने छन् । सी १४ अक्टोेबर अर्थात २७ असोजमा नेपाल आउनेछन् र भोलिपल्ट बेइजिङ फर्कनेछन् । 

सीकाे भ्रमणका बेला काठमाडौं–केरुङ रेलमार्ग र मदनभण्डारी विश्वविद्यालय लगायत अन्य विषयमा सम्झौता हुनसक्ने बताइएकाे छ । 

प्रतिकृया दिनुहोस