थप समाचारशुक्रबार, ३ आश्विन , २०७६

‘बिग बोस’का विजेताभन्दा प्रतियोगीको कमाइ धेरै

हिमालखबर

‘बिग बोस’ एक भारतीय टेलिभिजनबाट आउने कार्यक्रम हो । यस कार्यक्रममा विवाददेखि लडाइँ–झगडा तथा अचानक शुरु भएको प्रेम कहानी पनि देख्न सकिन्छ ।

बिग बोसमा प्रतियोगी एक अवतारका रूपमा आउँछन् अनि उनीहरूले अलग–अलग रूप, रङ देखाउन थाल्छन् । विवाद र अचानक आश्चर्यचकित पार्ने घटनाहरू बिग बोसको कार्यक्रममा देखिन्छ ।

यस्तै अचम्मित पार्ने कुरामध्ये एक कुरा हो– प्रतियोगीलाई दिइने पारिश्रमिकमा भिन्नता । कुनै प्रतियोगीले सामान्य पारिश्रमिक पाउँछन् भने कुनै प्रतियोगीले कार्यक्रममा ठूलो धनराशि पाउँछन् । यहाँ यस्ता प्रतियोगी पनि हुन्छन् जसले विग बोसको विजेताभन्दा बढी धनराशि पनि पाउँछन् ।

बिग बोस ११ मा हिना खानलाई शुरुवाती १० हप्ताका लागि रु १.२५ करोड भारतीय रुपैयाँ दिइएको थियो । जबकि शिल्पा सिन्देलाई हरहप्ता रु ६ लाख दिइएको थियो । जब शिल्पाले शो जितिन् त्यसबेला उनले हिनाको भन्दा कम पैसा पाइन् । शो जित्दा शिल्पाले रु २.२९ करोड पाइन् भने हिनाको कमाइ रु १.७५ करोड थियो ।

बिग बोस ९ मा पनि रिमी सेनलाई २ करोड दिइएको थियो । यो रकम अन्य प्रतियोगी भन्दा धेरै थियो । बिग बोस ४ मा पनि श्वेता तिवारीलाई बढी नै रकम दिइएको भए पनि खली अन्तर्राष्ट्रिय खेलाडी भएका कारण उनलाई हरहप्तामा रु ५० लाख दिइएको थियो ।

बिग बोस ८ मा करिस्मा तन्ना फाइनलिस्ट भइन् । तर उनले शो जित्न पाइनन् । तरपनि उनले शोका विजेता गौतम गुलाटीभन्दा बढी कमाइ गरेकी थिइन् । उनलाई हरहप्ता रु १० लाख राशि प्राप्त हने गर्थ्याे।

बिग बोस ७ मा पनि तनीषा मुखर्जीको रु ७.५ लाख हरहप्ता कमाइ थियो । जो शो विजेता गौहर खानभन्दा धेरै हो । तर पनि उनी धेरै समय रहन सकिनन् ।

बिग बोस १० मा राहुल देवलाई बिग बोसको घरमा रहनका लागि रु २ करोड दिइएको थियो । जबकि शो विजेता मनवीर गुर्जरको कमाइ केवल रु ४० लाख थियो ।

बिग बोस १० मै फाइनलिस्ट बानी जेलाई पनि मनवीर गुर्जरभन्दा बढी पैसा दिइएको थियो । जेलाई रु १.५५ करोड धनराशि दिइएको थियो ।

यसैगरी बिग बोस ४ मा पाहुना बनेर आएकी पामेला एन्डर्सनलाई केवल तीन दिनको बसाइँमा पनि रु २.५० करोड दिइएको थियो । यो राशि थोरै समयका लागि पनि सबैभन्दा धेरै थियो । –एजेन्सी

प्रतिकृया दिनुहोस