थप समाचारशुक्रबार, ३ आश्विन , २०७६

कामीरिता शेर्पा, व्याकुल माइला र मीरा राईलाई ५ लाख नगदसहित सम्मानित

कमल रिमाल

 संविधान दिवसका अवसरमा प्रदेश १ सरकारले बिभिन्न बिधामा ख्याती कमाएका तीन जनालाई जनही रु. ५ लाख राशी सहितको पुरस्कारले सम्मान गरेको छ ।

राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला), २४ पटक सगरमाथा आरोहण गर्ने विश्वकिर्तिमानी कामीरिता शेर्पा र अल्ट्रा म्याराथुनबाट नेपालको झण्डा विश्वमा पुर्‍याउंने मीरा राईलाई प्रदेश प्रमुख गोबिन्दबहादुर तुम्बाहाङले सम्मान गरे ।

व्याकुल माइला ओखलढुङ्गा, शेर्पा सोलुखुम्बु र राई भोजपुर निवासी हुन् ।

संविधान दिवसका अवसरमा आयोजित सभामा प्रदेश प्रमुख तुम्बाहाङले प्रदेशवासीलाई शुभकामना दिए ।

मुख्यमन्त्री शेरधन राईले सग्लो नेपालको बलियो जग र राष्ट्र निर्माणको बलियो आधार स्तम्भ नै संविधान भएको बताए । उनले गरिवी निवारण, रोजगारी सिर्जना, आयस्तरमा बृद्धि गर्ने प्रदेश सरकारले लक्ष्य रहेको बताउंदै गुणस्तरीय शिक्षा, प्राविधिक ज्ञान, सीप र तालीमको माध्यमबाट युवाको सशक्तिकरण गर्ने जानकारी दिए ।

दिवसका अवसरमा निकालिएको प्रभातफेरीले नगर परिक्रमा गरेको थियो । प्रभातफेरी पछि आयोजित सभामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, बिभिन्न जाति लगायतका झांकी र परेड प्रर्दशन गरियो । झांकी र परेडमा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई पुरस्कृत गरियो ।


 

प्रतिकृया दिनुहोस