समाचारशुक्रबार, ३ आश्विन , २०७६

पूर्व सांसद हरि वैरागी दाहालको निधन

हिमालखबर

पूर्व सांसद हरि वैरागी दाहालको निधन भएको छ । 

एक साताअघि हृदयघातका कारण बेहोस भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दाहालको ३ असोज विहान ७ बजे निधन भएको परिवारले जनाएको छ ।

दाहाल २०५१ सालको मध्यावधि निर्वाचनमा संखुवासभा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

यसैबीच, दाहालको शव श्रद्धाञ्जलिको लागि ३ असोज विहान १० बजेदेखि ११ बजेसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूख्यालय धुम्बाराहीमा राखिनेछ । उनका श्रीमती दुईछोरी र एक छोरा छन् ।

 

प्रतिकृया दिनुहोस