पाँच किलोग्राम सुनसहित पक्राउ
उत्तरी नाका रसुवागढीबाट अवैध रुपमा ल्याइएको पाँच किलोग्राम सुनसहित आज बिहान रसुवा गत्लाङ–२ का २८ वर्षीय वीरेन लामा पक्राउ परेका छन् ।
केरुङबाट नेपाल आएको बा.२८ प.७४५४ नं.को मोटरसाइकल रसुवागढीमा जाँच गर्दा मोटरसाइकलको फिल्टर जालीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए ।
बरामद सुनको बजारमूल्य रु.दुई करोड २३ लाख ६० हजार बराबर रहेको प्रहरीको भनाइ छ । तामाङका साथबाट मोबाइल दुई थान, नेपाल चीन सीमा क्षेत्रका बासिन्दाका लागि उपलब्ध गराइएको केरुङ जाने अनुमतिपत्र एक थान र रु.नौ हजार बरामद गरिएको छ । रासस