१० खेलाडीमा सीमित फ्र्यांकफर्ट विरुद्ध आर्सनलको तीन गोल
यूईएफए युरोपा लिगमा आर्सनलले समुह चरणमा विजयी शुरुवात गरेको छ ।
घरेलु मैदानमा फ्रांकफर्ट १० खेलाडीमा सीमित भएपछि आर्सनल ३–० गोल अन्तरले विजयी भयो । आर्सनलले पहिलो हाफमै अग्रता बनाएको थियो । ३८औं मिनेटमा जोसेफ विललोकले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ७९औं मिनेटमा मिडफिल्डर डोमिनिकले दोहोरो पहिलो कार्ड पाएपछि फ्रांकफर्ट १० खेलाडीमा सीमित भयो । यसको फाइदा उठाउँदै आर्सनलले ८५औं र ६७औं मिनेटमा गोल गर्दै प्रष्ट तीन अंक जोड्यो ।