घरेलु मैदानमा नेपाल माल्दिभ्ससँग भिड्दै
साफ यू–१८ च्याम्पियनसिप फुबटल प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शुरु हुँदैछ ।
दिउँसो तीन बजेटबाट शुरु हुने प्रतियोगितामा उद्घाटन खेल आयोजक नेपालले माल्दिभ्ससँग भिड्दैछ ।
उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको नेपाली टीमको कप्तानी जय गुरुङले गर्दैछन् । उनले टीम सन्तुलित र स्ट्राइकर नयाँ अनुहार आएकाले जित सहज हुने बताएका छन् ।
माल्दिभ्स पनि नेपालसँग अंक खोस्न चाहन्छ भने नेपालसँग उपाधि जोगाउनुपर्ने दबाव छ । दोस्रो खेल नेपालले भुटानसँग खेल्दैछ ।
नेपाली टीम
गोलकिपरः विशला सुनार, सूर्य अधिकारी र पुजन होना
डिफेन्डरः विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अन्जल महर्जन
मिडफिल्डः शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल, नितिन थापा
फरवार्डः बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी ।