समाचारबिहिबार, २ आश्विन , २०७६

लगातार दश वटा संसद बैठकमा नजाने १६ सांसद (नामावली सहित)

हिमालखबर

गत १६ वैशाखदेखि शुरु भएको चौथो संसद अधिवेशनको लगातार दश वटा बैठकमा अनुपस्थित हुने सांसदहरुको नामावली संसदमा प्रस्तुत गरिएको छ ।

सभामुख कृष्णबहादुर महराले बजेट अधिवेशन अन्त्य हुनु अगाडि लगातार दश वटा बैठकमा अनुपस्थित रहने सांसदहरुको नामावली प्रस्तुत गरेका थिए ।

संसद सचिवालयका अनुसार, छक्कबहादुर लामा, सुजाता परियार, विमलप्रसाद श्रीवास्तव, विजयकुमार गच्छदार, सरिता गिरी, नागेन्द्र कुमाल, पुष्पाकुमारी कायस्थ र मोतीलाल दुगड लगातार दश वटा बैठकमा अनुपस्थित रहे ।

यस्तै, महेश्वरराज गहतराज, कर्मा घले, शिवकुमार मण्डल, कमला रोका, विशाल भट्टराई, पुष्पकमल दाहाल, अञ्जना विशुंके र भूमि त्रिपाठी दश बैठकमा अनुपस्थित रहे । उनीहरुको अनुपस्थिति संसद बैठकबाट अनुमोदन गरिएको छ ।

प्रतिकृया दिनुहोस