समाचारबिहिबार, २ आश्विन , २०७६

सकियाे बजेट अधिवेशन

हिमालखबर

संघीय संसदको बजेट अधिवेशन आजबाट सकिएको छ । १६ वैशाखदेखि शुरु भएको अधिवेशन आज राति १२ बजेबाट स्वतः अन्त्य हुने सभामुख कृष्णबहादुर महराले जानकारी गराएका छन् ।

१६ वैशाखदेखि २ असोजसम्म ६० वटा बैठक बसेको छ । चौथो अधिवेशनले आर्थिक वर्ष २०७६\०७७ का लागि बजेट ल्याउनुका साथै १८ वटा विधेयक पारित गरेको छ ।

चालु अधिवेशनमा पेश भएका १७ मध्ये सात वटा विधेयक पारित भएको छ भने पाँच वटा विधेयक सम्बन्धित समितिमा छलफलका क्रममा छन् भने चार वटा विधेयक विचाराधीन रहेको सभामुख महराले जानकारी दिए ।

दोस्रो र तेस्रो अधिवेशनमा पेश भएका १९ मध्ये ८ वटा विधेयक यो अधिवेशनबाट पारित भएको छ । यसबाहेक समसामयिक विषयमाथि विभिन्न निर्णय गर्दै अधिवेशन सकिएको सभामुख महराले जानकारी दिए ।

प्रतिकृया दिनुहोस