फिफा बरियतामा नेपाल पाँच स्थान माथि उक्लियो
विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल पाँच स्थानमाथि उक्लिएको छ ।
१६६औं स्थानमा रहेको नेपाल पाँच स्थानमाथि उक्लिएको हो । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल छनोट खेलमा नेपालले एक खेलमा जित र एक हार बेहारेको थियो ।
दक्षिण एसियाका देशहरुमा सवै भन्दा माथि रहेको भारतले एक स्थान तल झरेको छ । नयाँ बरियतामा भारत १०४औं स्थानमा छ ।
माल्दिभ्स एक स्थान तल झर्दै १५३औं, एक स्थान सुधार गर्दै भुटान १८५औं, दुई स्थान तल झर्दै श्रीलंका २०२औं स्थानमा छ । पाकिस्तान एक स्थान माथि उक्लदै २०३औं स्थानमा छ ।