समाचारबुधबार, १ आश्विन , २०७६

स्वयम्भुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमालखबर

काठमाडौँ महानगरपालिका–१५ मा यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

स्वयम्भूको अन्नपूर्ण चोकमा बा ३ ख १८३३ नंको यात्रुवाहक बसले ठक्कर दिँदा बा ९८ प २७१५ नंका चालक सानोभ¥याङ निवासी २० वर्षीय सम्मान भट्टको मङ्गलबार राति मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले दुर्घटनामा गम्भीर घाइते भट्टको वनस्थली ढुङ्गेधारामा रहेको साइबाबा अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए ।

दुर्घटनामा संलग्न बसका चालक नुवाकोट तारकेश्वरका खडानन्द अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको सुवेदीले बताए ।

मृतकको शवपरीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पठाइएको वृत्तले जनाएको छ ।

प्रतिकृया दिनुहोस