च्याम्पियन्स लिगः १९ वर्षीय हाल्याण्ड, जसले पहिलो हाफमै ह्याट्रिक गरे
मंगलबार राति शुरु भएको च्याम्पियन्स लिगमा नर्वेका १९ वर्षीय खेलाडी इर्लिङ ब्राउट हाल्याण्डले खेलको पहिलो आफमै ह्याट्रिक पूरा गरेका छन् ।
रेड बुलका युवा स्ट्राइकर हाल्याण्डले खेल शुरु भएको दुई मिनेटमै गोल गर्दै जिंक विरुद्ध अग्रता दिलाएका थिए । यसपछि ३४औं र ४५औं मिनेटमा गोल थप्दै हाल्याण्डले ह्याट्रिक पूरा गरे ।
उनी च्याम्पियन्स लिगको यो सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बने । हाल्याण्डको ह्याट्रिकसँग रेड बुलले पहिलो हाफमै ५–१ को अग्रता बनाएको छ ।
इंल्याण्डमा जन्मिएका हाल्याण्डले नर्वेकाे विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टीममा स्थान बनाइसकेका छन् ।